कैलालीको भजनीमा दुई वटा काठेपुल जीर्ण भएपछि…

धनगढी : कैलालीको भजनीमा नगरपालिकामा दुई वटा काठेपुल जीर्ण भएपछि स्थानीयलाई आवागमनमा समस्या भएको छ । वडा नम्बर ८ काँढाढिकस्थित गैरी नाला र वडा नम्बर ३ कुसुमघाटस्थित राप्ती नालाको काठेपुल जीर्ण भएपछि स्थानीयलाई ओहोरदोहोर गर्न समस्या भएको हो । दुवै नालामा पक्की पुल नभएपछि काठेपुल बनाएर विभिन्न गाउँका बासिन्दा आउजाउ गर्दै आएका छन्। 

गैरीनालाको पुल जीर्ण भएपछि काँढाढिकमा रहेको कालिका आधारभूत विद्यालयका विद्यार्थीलाई आउजाउ गर्न निकै समस्या भएको बताइएको छ। नालामा पानी भएको बेला विद्यार्थीलाई साह्रै समस्या हुने गरेको विद्यालयकी शिक्षिका राधा घिमिरेले बताए। जिल्लामा सबैभन्दा बढी डुबान हुने भजनी नगरपालिका–८ का बासिन्दाले पक्की पुल नभएका कारण २० वर्षदेखि काठेपुल प्रयोग गर्दै आएका छन्। 

यसै गरी वडा नम्बर ३ को कुसुमघाटस्थित राप्ती नालामा भने पालिकाले यसै वर्षबाट करिब ४५ लाख रुपियाँमा पुल निर्माणको काम थाल्ने नगरप्रमुखले चौधरीले बताए। उनले क्रमागत योजना अन्तर्गत दुई वर्षमा पुल निर्माण हुने गरी काम थाल्ने बताए।    

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार