भोलि टीकापुर आउँदै : अध्यक्ष प्रचण्ड

धनगढी : नेकपा माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्न पुष्पकमल दाहाल प्रचण्ड टीकापुर आउने भएका छन् । भोलि (मंगलबार) उद्घाटन हुने सम्मेलनको उद्घाटन गर्न प्रचण्ड टीकापुर आउन लागेका हुन ।

भोलि मध्याह्न १२ बजे सम्मेलनको उद्घाटन गर्ने तय गरिएको थारु राष्ट्रिय मुक्ति मोर्चा कैलालीका अध्यक्ष तिलक चौधरीले जानकारी दिए । सम्मेलनमा कञ्चनपुरदेखि झापासम्म तराइका २४ जिल्लाबाट करिब साढे सात सय जना प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

उद्घाटन समारोहमा विभिन्न जिल्लाका थारु, राना थारु तथा कठरिया थारु समुदायको गीत, नृत्यलगायत कला, संस्कृति प्रस्तुत गरिने मोर्चाले जनाएको छ ।

सम्मेलनको उद्घाटन समारोहमा प्रचण्डसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, जनाद्र्धन शर्मा, गिरीराजमणी पोखरेललगायत नेताहरू सहभागी हुने जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार