पटक-पटक असफल भएकाहरु प्रधानमन्त्री भइराख्ने व्यवस्थाले अवस्था परिवर्तन हुँदैन् : ज्ञानेन्द्र शाही

धनगढी /   राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहिने बताएका छन् । राप्रपा सुदूरपश्चिम प्रदेश समितिले आइतबार धनगढीमा आोजना गरेको भ्रष्टाचार र कुशासनका विरुद्ध वृहत विरोधसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘पटक पटक असफल भएकाहरु प्रधानमन्त्री भइराख्ने व्यवस्थाले अवस्था परिवर्तन हुँदैन् । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएमा विज्ञहरुको मन्त्रीमण्डल बन्छ । ज्ञान र क्षमता भएका मान्छे ठाउँमा पुगे विकास हुन्छ ।’

उनले भने ‘जनताको अवस्था सुधार गर्न व्यवस्था,परिवर्तन हुनुपर्छ । प्रदेश संरचनाले ठूलो व्ययभार बढेकाले यसलाई खारेज गर्नुपर्छ । प्रदेश संरचनामा हुने खर्च अस्पताल निर्माण,उद्योगधन्दामा लगाउनु पर्छ । जसले रोजगारीको सिर्जना हुन्छ ।’

उनले भने ‘राजनीतिक खिचातानीका कारण देश वर्बाद भइरहेको छ । शिक्षा,स्वास्थ्यको गुणस्तरमा सुधार ल्याउनुपर्छ । युवा रोजगारीको अवसर नपाउँदा विदेशिन बाध्य छन् । रोजगारीमा सरकारको ध्यान जानुपर्छ ।’

उनले मन्त्री प्रधानमन्त्री बदलेर मात्रै देश नबन्ने उल्लेख गरे । उनले राष्ट्रियसभामा पनि विज्ञताका आधारमा सांसद राख्नुपर्ने बताए

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार