डडेल्धुरा : प्रेस सेन्टर सुदूरपश्चिम प्रदेश अध्यक्षका लागि चार जनाले दाबी प्रस्तुत गरेको छ । साेमबार डडेल्धुराको आलितालमा उद्घाटन सत्र सम्पन्न भएको अधिवेशनको बन्द सत्र जारी छ ।
निर्वाचन प्रक्रिया सुरु भएपनि अध्यक्षमा चार जनाले दाबी गरेपछि सहमतीय प्रक्रिया पनि सुरु गरेको छ । अध्यक्षमा निर्वतमान अध्यक्ष भुवन बोहरा, निर्वतमान महासचिव कर्ण चन्द, केन्द्रय सचिव हरिष विक र केन्द्रीय सदस्य मदनराज जोशीले अनौपचारिक दाबी गरेकाे जनाएकाे छ ।
आकांक्षी आफै सहमती गर्न छलफलमा छन् । महासचिवमा पत्रकार महासंघ डडेल्धुराका उपाध्यक्ष ललित बोहरा, महासंघका कैलालीका सचिव तेज भट्ट र सेन्टर सुदूरपश्चिम प्रदेशका सचिव लखन चौधरी आकांक्षा देखिएको प्रेस सेन्टर सुदूरपश्चिम प्रदेश निर्वतमान उपाध्यक्ष पदन बोहराले बताए । सेन्टरमा तीनै जना सक्रिय पत्रकार हुन् । भट्ट र बोहराले पत्रकार महासंघमा पनि राम्रो मत पाएर विजीय भएका थिए ।
मंगलबार सहमती नभए निर्वाचनमा जाने गरी निर्वाचन मण्डले तयारी गरेको निर्वाचन मण्डलका अध्यक्ष निमेन्द्र शाहीले बताए । सेन्टरको अधिवेदनका लागि डडेल्धुराको आलितालमा ९९ जना पत्रकारहरु सहभागी छन् । उनीहरुबाट उम्मेवार र भोटर हुने छन् ।
प्रतिक्रिया दनुहोस्