बैतडी : बैतडीको सुर्नया गाउँपालिका-२ सिउँडेमा लाग्ने महाशिवरात्री मेला यस बर्ष बिशेष हुने भएको छ । एसियाकै लामो गुफा भएको क्षेत्र प्रसिद्ध पत्ताल भुमेश्वर धाममा पाँच महिनादेखी तपस्यारत सक्किमकी एक युवती प्रवचन दिने भएकी छन् ।
जंगलमा २७ महिना तपरस्या गर्ने सक्किमकी युवतीले प्रवचन दिने भएपछि यस क्षेत्रका नागरिक उत्साहीत छन् । सपनामा पत्ताल भुमेश्वर देखिपछि खोज्दै यहाँ पुगेको हुन् । उनलाई भेटन भने मिल्दैन् । सेवा दलमा आबद्धसंग भेटेर छलफल गर्दा उनले मेलामा आउने समय मिल्ने बताइन् ।
सनातन धर्मको रक्षाका लागि तपस्यारत देवीमाँले हुकम गरेमा सबै कुरा सत्य हुने सेवा दलकी सदस्यले बताइन् । मेलाका लागि पत्ताल भुमेश्वर क्षेत्र सजाउने काम भइरहेको सुर्नया गाउँपालिका २ का वडा अध्यक्ष गणेश बिष्टले बताए ।
वडाको सहजिकरणमा माता देवीमाँको बिशेष सम्बोधन हुने र यो क्षेत्रमा २७ महिना तपस्या गर्नुको कारण पनि त्यही प्रवचनमा आउने वडा अध्यक्ष बिष्टले बताए । वडाले प्रवचन व्यवस्थापन समिति नै गठन गरेर मेलाको आयोजना गर्दैछ ।
प्रतिक्रिया दनुहोस्