केआईआईटीका उपकुलपतिले मागे माफी, न्याय नपाएसम्म कक्षामा नजाने विद्यार्थीको अडान

काठमाडौं : भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नालोजी (केआईआईटी) का उपकुलपति शरनजित सिंहले विश्वविद्यालयमा भएको घटनाप्रति माफी मागेका छन् ।

नेपाली अभिभावकसँग आज गरिएको जुम मिटिङमा उपकुलपति सिंहले घटनाका लागि जस्तोसुकै सजाय दिए पनि स्वीकार गर्न तयार रहेको बताए ।

khadya

केआईआईटी विश्वविद्यालयमा स्थिति केही सामान्य हुन थालेको छ । अहिले विश्वविद्यालयको होस्टलमा १५० नेपाली विद्यार्थी रहेका छन् । क्याम्पसको पढाइ जारी रहे पनि नेपालीहरू भने प्रकृति लम्सालले न्याय नपाएसम्म कक्षामा नजाने अडानमा छन् ।

यस्तै, आज दिनभर पनि नेपाली दूतावासबाट खटिएका कन्सुलर सन्जीव शर्मा र नवीन अधिकारीले विद्यार्थीसँग छलफल गरेका थिए । उनीहरू अझै केही दिन ओडिसामै रहने बताइएको छ । यसैबीच ३ सय विद्यार्थी नेपाल आइपुगेका छन् । केआईआईटी प्रशासनले होस्टलबाट निकालेपछि अलपत्र परेकाहरू विभिन्न नाका हुँदै स्वदेश आएका हुन् ।

वीरगन्ज नाका हुँदै १५६ जना विद्यार्थी नेपाल फर्किएका छन् । तीमध्ये ५८ जनालाई वीरगन्जस्थित साउथ जोन सेकेन्डरी स्कुलले आफ्नो बसमा राखेर उनीहरूका घरसम्म छोडेको छ । वीरगन्ज हुँदै फर्किएका विद्यार्थीले कलेज प्रशासनले आफूहरूमाथि ज्यादती गरेकाले फर्किएको बताएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

त्यसअघि विराटनगर नाका हुँदै मंगलबार र बुधबार गरी ७८ जना विद्यार्थी फर्किएका छन् भने काँकडभिट्टा नाका भएर १६ जना विद्यार्थी फर्किएका छन् । अन्य नाकाबाट पनि विद्यार्थीहरू फर्किरहेको जनाइएको छ ।

यसैबीच, केआईआईटीले आफ्नो सामाजिक सञ्जाल एक्स मार्फत् स्वर्गीय प्रकृति लम्सालको नाममा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । यो कदमले प्रकृति जस्ता थुप्रै होनहार विद्यार्थीलाई कुनै वाधाबिना शिक्षा अघि बढाउन सहयोग पुग्ने केआईआईटीले उल्लेख गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार