धनगढीमा आजदेखि कैलाली प्रिमियम लिग सुरु हुँदै !

धनगढी : आजदेखि कैलालीको धनगढीमा कैलाली जिल्ला क्रिकेट सङ्घको आयोजनामा कैलाली प्रिमियम लिग सुरु हुँदैछ। बुधवार देखि तेस्रो संस्करणको प्रतियोगिता धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुन लागेको हो। उक्त प्रतियोगितामा कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बाजुराका स्थानीय तहबाट १२ वटा टिमको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेतालाई नगद पुरस्कार २ लाख, उपविजेतालाई १ लाख, प्लेयर अफ द सिरिज लाई २५ हजार, वेष्ट ब्याट्सम्यानलाई १५ हजार, नवप्रतिभावान खेलाडीलाई १० हजार, प्रत्येक खेलमा प्लेयर अफ द म्याच हुने खेलाडीलाई २५ सय सँगै ट्रफी, मेडल र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ।

Galaxy

प्रतियोगिता सञ्चालन गर्न झन्डै २५ लाख खर्च गरिँदै छ। कैलाली जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विक्रम बिष्टले यस क्षेत्रबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न महत्त्वपूर्ण योगदान पु¥याउने उद्देश्यले विगतदेखि प्रतियोगिता आयोजना गरिएको बताए। कैलाली प्रिमियम लिगको तेस्रो संस्करणको मुख्य प्रायोजकमा सुदूरपश्चिमाञ्चल क्याम्पस (एसपीए) रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार