बैतडीमा बित्तीय सुशासन जोखिम मूल्यांकनमा शिवनाथ गाउँपालिका प्रथम

बैतडी : बैतडीका १० ओटै स्थानीय तहको बित्तीय सुशासन जोखिम मूल्यांकन नतिजा सार्वजनिक गरिएको छ। जिल्ला समन्वय समिति बैतडीले सार्वजनिक गरेको नतिजा अनुसार ६ ओटा पालिका मध्यम जोखिममा परेका छन्।

यस्तै बित्तीय सुशासनको हिसाबले अन्य चार ओटा पालिका न्यून जोखिममा परेका छन्। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८० बमोजीम स्थानीय तहहरुको बित्तीय सुशासन जोखिम मूल्यांकन गरिएको जिल्ला समन्वय समितिका समन्वय अधिकारी राजबहादुर धामीले बताउनुभयो।

जिल्ला समन्वय समितिले सार्वजनिक गरेको नतिजा अनुसार जिल्लाको शिवनाथ गाउँपालिका ८९।५० प्रतिशत अंक ल्याएर न्यून जोखिममा रहेको छ। यस्तै पुछारमा रहेको डिलाशैनी गाउँपालिकाले ५५ प्रतिशत अंक ल्याएर मध्यम जोखिममा रहेको छ।

० देखि ४० प्रतिशत अंक ल्याउने पालिकालाई उच्च जोखिम, ४१–८० प्रतिशत अंक ल्याउने पालिकालाई मध्यम जोखिम र ८० भन्दा बढी प्रतिशत अंक ल्याउने पालिकालाई न्यून जोखिममा राख्ने गरिएको छ।
नतिजा अनुसार सुर्नया गाउँपालिकाले ८६।५० प्रतिशत, दोगडाकेदार गाउँपालिकाले ८६ र पुर्चौंडी नगरपालिकाले ८१।५० प्रतिशत अंक ल्याएर न्यून जोखिममा परेका छन् ।

यस्तै मेलौली नगरपालिकाले ८० प्रतिशत, सिगास गाउँपालिकाले ७८।५० प्रतिशत, दशरथचन्द नगरपालिकाले ६७ प्रतितशत, पाटन नगरपालिकाले ६३।५० प्रतिशत र पञ्चेश्वर गाउँपालिकाले ६२ प्रतिशत अंक प्राप्त गरेको छ ।यी पालिकाहरु मध्यम जोखिममा रहेका छन्।

स्थानीय तहको बित्तीय प्रणालीलाई व्यवस्थित, पारदर्शी र विधिसम्मत बनाउन बित्तीय सुशासनको लेखाजोखा गर्ने गरिएको छ। स्थानीय तहको बित्तीय जोखिम मूल्यांक कार्यविधि २०७७ अनुसार मूल्यांकन गर्ने गरिएको छ।

No description available.

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार