धनगढी । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले अबको बाँकी जीवन जनताको सेवामा व्यतित गर्ने बताएका छन् । सञ्चारकर्मी टिकाराम यात्रीसँगको अँध्यारोबाट उज्यालोतर्फ कार्यक्रममा उनले अबको बाँकी जीवन जनताको सेवामा व्यतित गर्ने बताएका हुन् ।
हमालले यसअघि आफूले व्यापारिक जीवनबाट विश्राम लिए पनि अब भने व्यापारिक जीवनमा पूर्णविराम लगाएको बताएका छन् ।
अबको बाँकी जीवन जनताको सेवा गरेरै बिताउने इच्छा भएको हमालले बताए । तर कुन रुपमा भन्ने उनले खुलाएका छैनन् ।
उनले स्थानीय तहमै रहेर वा प्रादेशिक संरचनामा भाग लिएर वा संघीय राजनीतिमा प्रवेश गरेर जनताको सेवा गर्ने भन्ने विषय भविष्यले टुंगो लगाउने बताएका छन् । तर राजनीतिक जीवनलाई निरन्तरता दिने संकेत भने हमालले गरेका छन् ।
उनी ब्रेन ह्यामरेजको उपचार गरेको लामो समयपछि सार्वजनिक रुपमा पहिलोपटक अन्तर्वार्तामा देखिएका हुन् ।
प्रतिक्रिया दनुहोस्