कैलालीको गौरीगंगा स्थित वनबेहडा खानेपानीको प्रथम वार्षिक साधारण सभा सम्पन्न

कैलाली : कैलालीको गौरीगंगा – ६ मा रहेको बनबेहडा खानेपानी उपभोक्ता तथा सरसफाइ समिति प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार समितिका अध्यक्ष प्रकाश बहादुर खडकाको सभापतित्वमा खानेपानीको साधारण सभा सम्पन्न भएको हो ।

गौरीगंगा नगरपालिका –६ का वडाध्यक्ष टेक बहादुर कुँवरको प्रमुख अतिथ्यतामा सम्पन्न साधारण सभामा वडा नम्बर ३ का सदस्य धनिराम आचार्य र खानेपानी डिभिजन कार्यालय धनगढीका कृष्ण भट्ट, बिणा ग्रामीण विद्युत सहकारी संस्था अध्यक्ष पुरन सिंह कडायत, रानिफाँटा सामुदायिक वन समिति अध्यक्ष चक्र बोगटी, समाजसेवी यकम छेडाल, सिद्ध कँडेल लगायतका सहभागिता रहेको थियो ।

Galaxy

साधारण सभामा स्थापनाकाल देखि संस्थालाई सहयोग तथा खानेपानी पाइप लाइन बिस्तार कार्यमा खटिएका २६ जनालाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो । सो समितिले हाल सम्म ५ सय ४९ धारा जडान गर्दै गौरीगंगा – ३ कुचैनिमा पनि खानेपानी बिस्तार गरेको छ ।

साधारण सभामा संस्थाको आर्थिक वर्ष २०८०/०८१ मा १४ लाख ९६ हजार ६०८ रुपैयाँ बराबरको आय–व्यय विवरण समितिकी कोषाध्यक्ष बिना चौधरीले प्रस्तुत गरेकी थिइन । मेखराज जोशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन समितिका सचिव हेमन्त राज जोशी (बाजे) ले गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार