कैलाली । कैलालीमा अहिले धमाधम युवतिहरुलाई एचपीभी खोप लगाइँदैछ । माघ २२ गतेदेखि सुरु भएको एचपीभी अभियान फागुन ३ गतेसम्म चल्नेछ ।
यस अवधिमा कैलालीका सबै स्थानीय तहहरुमा युवतिहरुलाई एचपीभी खोप लगाइनेछ ।
एचपीभी खोप कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरु र विद्यालय नजाने १० वर्षदेखि १४ वर्ष उमेर समूहका सबै किशोरीलाई लगाइनेछ । यो खोप महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर न्यूनिकरणका लागि लगाइन लागेको हो ।
स्थानीय तहहरुले किशोरीहरुलाई विद्यालयमा गएर खोप लगाउन र विद्यालय नजाने किशोरीहरुलाई नजिकैको विद्यालयमा गएर खोप लगाउन आग्रह गरेका छन् । त्यस्तै विद्यालयमा खोप लगाउन छुटेकाहरुले नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन पनि सकिनेछ ।
प्रतिक्रिया दनुहोस्