कैलाली । रुपन्देही जिल्ला अदालते छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा नेपाल प्रहरीका पूर्वडिआईजीसमेत रहेका जोशीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
न्यायाधीश वशिष्टकुमार घिमिरेलको इजलासले जोशीलाई थुनामा पठाउने आदेश दिएको हो । जोशी सोमबार नै अदालतमा उपस्थित भएका थिए ।
सोही सहकारीको रकम अपचलन मुद्दामा रुपन्देही जिल्ला अदालतले रवि लामिछानेलाई भने एक करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । हाल रवि रुपन्देही जिल्ला अदालतबाट तारेकमा छुटेका छन् ।
प्रतिक्रिया दनुहोस्