अर्जुन ट्रफी : फाईनल खेलमा छक्का भएको बललाई समातेका ललीतले जिते नगद एक लाख

धनगढी : धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका छन्। आज भएको फाईनल खेलमा छक्का प्रहार भएको बललाई समातेका ललीतले ब्रेड बक्सको तर्फबाट नगद एक लाख प्राप्त गरेका हुन्।

ब्रेड बक्सले फाईनल खेलमा प्रहार भएको छक्का समात्ने पहिलो दर्शकलाई नगद एक लाख पुरस्कार दिने घोषणा गरेको थियो। यस्तै अन्य छक्का प्रहार भएको बलमा पनि क्याच गरेमा प्रति क्याच १० हजार दिने घोषणा गरिएको थियो। फाईनल खेलमा ललीतले दोस्रो क्याच गरेका हुन्।

यसअघि हिजो भएको सेमिफाईनलमा पहिलो क्याच गर्दै बैतडीका हरिश भाटले ५० हजार पुरस्कार पाएका थिए। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ का ललीत ऐर आज भएको फाईनल खेल हेर्नका लागि फाप्लामा पुगेका थिए। चन्द सुर्य सेकेन्डरी स्कुलमा कक्षा १२ मा पढिरहेका उनले पाएको एक लाख पढाईमा लगानी गर्ने बताएका छन्।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार