कैलालीमा ६५ प्रतिशत किशोरीले लगाए एचपीभि खोप

धनगढी : कैलालीमा लक्ष्यको ६५ प्रतिशत किशोरीले एचपीभि खोप लगाएका छन । जिल्लामा ५ दिनको अवधीमा लक्ष्यको ६५ प्रतिशत किशोरीहरुले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभि खोप लगाएका हुन ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले २२ माघदेखि आइतबारसम्म जिल्लाभरका ३२ हजार ८८२ जना बालिका र किशोरीलाई एचपीभी खोप लगाइएको जानकारी दिए ।

Seti Hospital

उनकाअनुसार विभिन्न खोप केन्द्रमार्फत ६ कक्षादेखि १० कक्षासम्म अध्ययनरत १०–१४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई खोप लगाइएको हो । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार पहिलो दिन ४ हजार ८३९, दोस्रो दिन ९ हजार २७५, तेस्रो दिन ७ हजार ९७०, चौंथो दिन ५ हजार १०९ र पाचौं दिन ५ हजार ६८९ जनालाई खोप लगाइएको छ ।

स्वास्थ्य कार्यालयले एचपीभी खोप अभियान अन्तरगत जिल्लाभरका ५० हजार ६ सय १६ बालिका तथा किशोरीलाई खोप लगाउने लक्ष्य राखेको छ । त्यसमा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने ४७ हजार ३२६ जना छात्रा र तीन हजार २८७ जना विद्यालय बाहिर रहेकाहरू छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार