शनिवारे मेलाले धनगढीकी कविता पन्तको अचारले पायो बजार

धनगढी : धनगढी उपमहानगरपालिकाको शनिवारे महिला उद्यमी मेलामा कविता पन्त अचार बिक्री गर्दै आएकी छन्। धनगढी–५ तारानगरकी पन्तले सुरुदेखि नै शनिवारे मेलामा आफैले तयार गरेको अचार बिक्री गर्न थालेकी हुन्।

विभिन्न खानाको परिकारको पारखी भएको बताउने पन्तले तीन किसिमको अचार बिक्री गर्दै आएकी छन्। दुई वर्षदेखि घरमै अचार बनाएर छिमेकीहरूले मागेका बिक्री गर्दै आएकी पन्तलाई शनिवारे महिला उद्यमी मेलाले व्यवसायी बन्न प्रेरणा दिएको छ। उनले शनिवारे महिला उद्यमी मेलामा दैनिक ८ र ९ हजारको आचार बिक्री हुने गरेको बताइन्।

उनले मेलाका कारण आफूले सिकेको सिपबाट आयआर्जन गर्न पाएको बताइन्। पन्तले तीन किसिमको अचार बिक्री गर्दै आएकी छन्। मंसिर १ गतेबाट सुरु भएको शनिवारे मेलामा पन्तले मुलाको अचार, अदुवा र लसुनको मिक्स अचार तथा चिकेनको अचार बिक्री गर्दै आएकी हुन्। उनले सुत्केरी मसलासमेत आफैले तयार गरेर बिक्री गर्दै आएकी छन्।

दुई वर्षदेखि घरमा तयार गरेको अचार छिमेकमै बिक्री गर्दै आए पनि शनिवारे महिला उद्यमी मेलाले आफूलाई उद्यमी बन्न प्रेरणा दिएको पन्तको भनाइ छ। पन्तले चिकेनको अचार एक हजार ६ सय रुपैयाँ किलोग्रामका दरले बिक्री गरिरहेकी छन्। मेलामा मुलाको अचार चार सय तथा मिक्स अचार ६ सय रुपैयाँ प्रति किलोग्रामका दरले बिक्री गरिरहेको पन्तले बताइन्।

शनिवारे मेला लाग्न थालेपछि पन्तको अचारको प्रचारप्रसार समेत भएको छ। शनिवार मेलामा अचार बिक्री हुन्छ भन्ने अन्य दिन उनले घरबाटै अचार बिक्री गर्दै आएकी छन्।मंसिर अगाडिसम्म छिमेकीहरूले माग गरे मात्रै अचार तयार गरेर दिने गरेकी पन्त मंसिरबाट भने अचार तयार गर्नमै व्यस्त हुने गरेकी छन्। उनले शनिवारे मेलाले महिलाहरूलाई उद्यमी बनाउन सहयोग गरेको बताएकी छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार