बैतडीमा ४० बर्षमाथिका विपन्न एकल पुरुषलाई भत्ता दिने

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने भएको छ । ४० बर्षमाथिका विपन्न एकल र विधुर पुरुषलाई भत्ता दिइने गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन् । चालु आर्थिक बर्षमा विपन्न एकल पुरुषलाई निर्वाह भत्ता प्रदान गर्नका लागि ५ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताइन् ।

गाउँपालिकाले भत्ता वितरण प्रयोजनका लागि निवेदन आह्वान गरिसकेको छ । शुक्रबार एक सूचना जारी गर्दै गाउँपालिकाले १५ दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको छ ।

khadya

आर्थिक रुपले विपन्न एकल पुरुषहरुको जिविकोपार्जनमा टेवा पुर्याउनका लागि भत्ता दिने तयारी भएको गाउँपालिकाले जनाएको छ । ४० बर्षमाथिका एकल र बिधुर पुरुषले वडाका सिफारिशसहित सम्बन्धित वडामै निवेदन पेश गर्न सक्ने गाउँपालिकाले जनाएको छ ।

भत्ताका लागि आएका निवेदनहरुबाट छनौट गरेर आर्थिक रुपले विपन्न एकल पुरुषलाई भत्ता दिइने उपाध्यक्ष कार्कीले बताइन् । यसले एकल तथा विधुर पुरुषहरुलाई आफ्नो जिविकोपार्जनमा केही टेवा पुग्ने अपेक्षा लिइएको उनले बताइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार