दशौं राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेश छनोट आजदेखि, दिउँसो डा. देउवाले उद्घाटन गर्ने

धनगढी : दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिता आजदेखि सुरु हुदैछ। आज दिउँसो छनोट प्रतियोगिताको परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले उद्घाटन गर्ने भएकी छिन्।

दिउँसो ३ बजे धनगढी रंगशालामा छनोट प्रतियोगिताको उद्घाटन हुने कार्यक्रम रहेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिए। आज छनोट प्रतियोगिताको उद्घाटन भएपनि छनोटका लागि प्रतियोगिता भने भोलिदेखि सुरु हुनेछन्।

SHIKHAR COOL TECH

दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट ७ सय ७८ जना खेलाडीले सहभागिता जनाउने छन्। भने ४५० जना निर्णायकहरू पनि सहभागी हुनेछन्। दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमको छनोट प्रतियोगितामा प्रदेशका २ हजार ८०० खेलाडी सहभागी हुँदैछन्। सुदूरपश्चिम प्रदेश सरकारले दशौँ राष्ट्रिय खेलकुदमा ६१ विधाका खेलमा सहभागिता जनाउने भएको छ।

त्यसका लागि प्रदेश छनोट प्रतियोगितामा महिला र पुरूष गरी ३१ खेल हुने सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिए। छनोट प्रतियोगिता फागुन २ गतेसम्म सञ्चालन हुनेछ। छनोट प्रतियोगिताका खेलहरू कैलाली र कञ्चनपुरमा हुने छ।कैलालीको धनगढीमा फुटबल, भलिबल, एथलेक्टिस, क्रिकेट, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, बुद्धिचाल, खो–खो, उसु लगायत खेलहरु हुनेछन्।

त्यसैगरी कञ्चनपुरको महेन्द्रनगरमा कबड्डी, कुस्ती लगायतका खेलहरु हुनेछन ।छनोट प्रतियोगितामा अछामबाट १४१, बझाङबाट २६३, बैतडीबाट २०२, डोटीबाट २९४, बाजुराबाट २३९, दार्चुलाबाट २३६ डडेल्धुराबाट २४३ कैलालीबाट ४३१ र कञ्चनपुरबाट ४२३ जना खेलाडी गरी २ हजार ४ सय ६३ जनाले प्रतियोगितामा भाग लिदैछन्। 

३१ मध्ये १६ वटा खेलको प्रतियोगिता हुने छ। छनोट हुने खेलमा बास्केट बल महिला, कुस्ती, आईटिएफ तेक्वान्दो, सुटिङ, जुडो, रब्बी, भारत्तोलन, हेन्डबल महिला रहेका छन्। १० वटा खेलका खेलाडीले दशौँ राष्ट्रिय खेलकुदमा हक्की, आर्चरी, साइक्लिङ, सफटेनिस, पौडी, शारीरिक सुगठन, सेपाक ताक्क्रो, फेन्सिङ, लङ टेनिस, जिम्नास्टिक खेलका खेलाडीले सहजै दशौँ राष्ट्रिय खेलकुदमा सहभागि जनाउन पाउने छन् ।प्रदेश छनोट प्रतियोगितामा प्रथम मेडल ३३२, द्वितीय मेडल ३२०, तृतीय मेडल ४५६ गरी १ हजार १९८ वटा मेडल रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार