आज हमासले तीन जना इजरायली बन्धक रिहा गर्ने !

काठमाडौं : हमासले आज तीनजना इजरायली बन्धक रिहा गर्ने भएको छ। युद्धविराम सम्झौताअन्तर्गतको पाँचौं चरणमा यी बन्धकहरूलाई मुक्त गरिने बताइएको छ।

आज रिहा हुने इजरायली बन्धकहरूको नाम सार्वजनिक भइसकेको छ। बीबीसीका अनुसार, हमासले ५६ वर्षीय ओहद बेन अमी, ५२ वर्षीय एली शराबी र ३४ वर्षीय ओर लेभीलाई रिहा गर्दैछ। तीमध्ये अमी र शराबीलाई किबुत्ज बेरीबाट र ओर लेभीलाई नोभा म्युजिक फेस्टिबलबाट बन्धक बनाइएको थियो।

Seti Hospital

युद्धविरामपछि हमासले हालसम्म १८ बन्धकलाई मुक्त गरिसकेको छ भने इजरायलले ३८३ बन्दीलाई रिहा गरेको छ। सम्झौताअनुसार हमासले ३३ बन्धक र इजरायलले १९०० बन्दीलाई मुक्त गर्ने सहमति गरिएको छ।

नेपाली युवा विपिन जोशीको नाम भने यस पटक पनि बन्धक सूचीमा परेन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार