महिला टी–२० : अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७ विकेटले पराजित

काठमाडौँ : काठमाडौँमा भएको महिला टी–२० शृङ्खलामा नेपाल सबै ६ खेलमा पराजित भएको छ। शुक्रवार भएको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७ विकेटले पराजित भएसँगै सबै खेलमा पराजित भयो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको ८२ रनको चुनौती थाइल्यान्डले १७ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो।

SHIKHAR COOL TECH

यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८२ रन बनाएको थियो। सम्झना खड्काले सर्वाधिक १७ रन बनाएको इनिङ्समा कविता जोशीले १४ तथा डेब्यु खेलाडी राजमती ऐरीले १७ बलमा अविजित रहँदै ११ रन बनाइन्।

यसअघि नेपाल नेदरल्याण्ड्ससँग २० रन, १५ रन र १० विकेटले तथा थाइल्यान्डसँग ४ विकेट र पाँच रनले पराजित भएको थियो। थाइल्यान्डले पाँच खेल जितेर उपाधि जित्न सफल भएको छ। नेदरल्याण्ड्स ८ अङ्कसहित दोस्रो भयो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार