माया मेट्रो अस्पतालले फागुन २ गते रक्तदान कार्यक्रमको आयोजना गर्ने

धनगढी : माया मेट्रो अस्पताल धनगढीले यस बर्ष पनि प्रणय दिवसको उपलक्ष्यमा एक दिने रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रणय दिवसको दिन फागुन २ गते रक्तदानको आयोजना गर्न लागेको अस्पतालले जनाएको छ ।

स्वास्थ्य संस्था वा ब्लड बैङ्कमा हुने रगत अभावका कारण बिरामीलाई हुने थप समस्यालाई मध्यनजर गर्दै अस्पतालले बिभिन्न समयमा रक्तदानको आयोजना गर्दै आइरहेको छ । नेपाल रेडक्रस सोसाइटी धनगढीको सहकार्यमा हुने सो रक्तदान कार्यक्रमले केही मात्रामा भए पनि रगतको परिपूर्ति हुने अस्पतालको विश्वास छ ।

SHIKHAR COOL TECH

रक्तदान कार्यक्रम बिहान १० बजेदेखि साँझ ३ बजेसम्म सञ्चालन हुनेछ । सय बेडको अस्पतालले चौबिसै घण्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो एक्स–रे, एम। आर।

आई, सिटी स्क्यान सेवा, आइसियु, एनआइसीयु, पीआइसीयु सेवा, वातानुकूलित क्याबिन, दूरबिन तथा बिना दूरबिन शल्य चिकित्सकीय सेवा, चौबिसै घण्टा फार्मेसी लगायतको सेवा–सुविधा दिइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार