सुदूरपश्चिममा एक लाखभन्दा बढी किशोरीले एचपीभी खोप लगाए !

धनगढी : सुदूरपश्चिम प्रदेशमा एचपीभी खोप अभियान २०८१ अन्तर्गत एक लाखभन्दा बढी किशोरीले खोप लगाइसकेका छन्। माघ २२ गते देखि प्रदेशमा सुरु भएको अभियान अन्तरगत ३ दिनमा १ लाख २ हजार ६२६ किशोरीहरुले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ।

यससँगै प्रदेशमा कुल खोप अभियानको प्रगति ६८ प्रतिशत पुगेको छ। प्रदेशभरका १ लाख ५२ हजार १२१ किशोरीहरुलाई खोप लगाउने लक्ष्य लिइएको छ ।

एचपीभी खोप अभियान अन्तर्गत किशोरीहरुलाई मानव पेपिलोमा भाइरस ९एचपीभी० विरुद्धको खोप दिइएको हो, जसले पाठेघरको क्यान्सरजस्ता समस्याबाट बच्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार