काठमाडौँ । गोदावरी नगरपालिकाले धनगढी उपमहानगरपालिकालाई झण्डै २ लाख जरिवाना तिराएको छ । अवैध उत्खनन्मा ब्याक लोडर र टिप्पर प्रयोग गरेको भेटिएपछि गोदावरी नगरपालिकाले धनगढी उपमहानगरपालिकालाई १ लाख ९० हजार रुपैयाँ जरिवाना तिराएको हो ।
गोदावरी नगरपालिकाका अनुसार धनगढीको ब्याक लोडर र टिप्पर अवैध उत्खनन् गर्दै गरेको अवस्थामा गोदावरी नगरपालिका ९ सेहरीबाट फेला परेका थिए ।
२ वटा ब्याक लोडर र ३ टिप्परलाई जिल्ला समन्वय समिति कैलालीको टोलीले नदिजन्य पदार्थ उत्खनन् गर्दै गरेको अवस्थामा माघ १७ गते फेला पारेको थियो । सोही क्रममा अनुगमन टोलीले २१ वटा अन्य सवारी साधन पनि नियन्त्रणमा लिएको थियो ।
गोदावरी नगरपालिकाले धनगढीका ब्याक लोडरलाई ५०-५० हजार रुपैयाँ र टिप्परलाई ३०-३० हजारका दरले जरिवाना तिराएको हो ।
प्रतिक्रिया दनुहोस्