सत्कर्ममा लागेकालाई प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री शाह

धनगढी : मानवसेवा आश्रम धनगढी शाखाको भवन निर्माणार्थ धनगढीमा आजदेखि श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सुरु भएको छ । महायज्ञको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उदघाटन गरेका हुन् ।

त्यसक्रममा उहाँले सत्कर्ममा लागेका व्यक्ति, संस्थालाई प्रदेश सरकारले सहयोग गर्ने बताए । वृद्धवृद्धा र सहाराविहीनलाई सहारा दिनका लागि भवन निर्माणार्थ आयोजित महायज्ञको पूर्ण सफलताको कामना गर्दै उनले भने, “सबै काम सरकारले नगर्न सक्छ । गर्न नसकिएको काममा सत्कर्ममा लागेका तपाईंहरूजस्ता निःस्वार्थ भावना भएका सङ्घ संस्थाहरू जोडिनु पर्दछ भन्ने प्रदेश सरकारको मान्यता छ ।”

khadya

उहाँले मानवसेवा आश्रमले नेपालमा पूर्वदेखि पश्चिमसम्म असहाय र वृद्धवृृद्धालाई गरिरहेको निःस्वार्थ सहयोग सराहनीय रहेको बताए । हप्ता दिनसम्म आयोजना हुने श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञमा भाष्कर कमलनयन गौतमले सङ्गीतमय श्रीमद् भागवत कथा वाचन गर्ने जनाइएको छ ।

महायज्ञ उदघाटनसत्रमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, प्रदेशसभा सदस्य धर्मराज पाठक, धनगढी उपमहानगरपालिका उपप्रमुख कन्दकला रानाथारू लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

मानवसेवा आश्रम धनगढी शाखा २०७५ मङ्सिर १ बाट सञ्चालनमा छ । आश्रमले हालसम्म ३८८ जना सहयोगापेक्षी सडक मानवहरूको उद्धार गरेर सहारा दिएको छ ।

‘हामीले बामपन्थी मिल्नुपर्छ भनेर पार्टी एकता, गठबन्धन गरेका थियौँ । त्यो बिग्रिसकेपछि पनि कोर्ष करेक्सन गर्न खोज्यौँ तर एमाले त्यो होइन रहेछ,’ पुुनले भने, ‘२०८४ को निर्वाचनमा हामी एक्लै लड्छौँ । बामपन्थी ध्रुवीकरण सम्भव छैन । ओलीजीले दुईपटक धोका दिइसक्नुभएको छ । उहाँबाट तेस्रो पटक धोका खाने पक्षमा छैनौँ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार