धनगढीमा ललितकला प्रदर्शनीका लागि ३० सदस्यीय मूल आयोजक समिति गठन

धनगढी : धनगढीमा हुने प्रादेशिक ललितकला प्रदर्शनीका लागि ३० सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।

बुधवार ललितकला-प्रज्ञा प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको धनगढीमा बसेको संयुक्त बैठकले नेपाल ललितकला-प्रज्ञा प्रतिष्ठानका  लोककला विभाग प्रमुख प्रदीप अधिकारीको संयोजकत्वमा समिति गठन गरेको हो। समितिको सह-संयोजकमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टिएन जोशी चयन भएका छन्।

SHIKHAR COOL TECH

भेलाले प्रदर्शनी सफल पार्न विभिन्न उप-समिति समेत गठन गरेको छ। बुधवार बसेको बैठकले प्रदर्शनीका लागि कलाकृति संकलनको मिति माघ २५ गतेसम्म बढाउने निर्णय भएको संयोजक अधिकारीले बताए। मूल आयोजक समितिले सुदूरपश्चिमका ललितकलाकर्मीहरूलाई आफूले बनाएका चित्रकला, मुर्तिकला, हस्तकला, लोककला र वास्तुकला लगायतका सिर्जना समयमै दर्ता गर्न आग्रह गरेको छ।

नेपाल  लालितकला-प्रज्ञा प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा आगामी फागुन ८ देखि १२ गतेसम्म धनगढीमा प्रादेशिक ललितकला प्रदर्शनी हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार