धनगढीबाट २ थान भरुवा बन्दुकसहित भारतीय नागरिक पक्राउ

धनगढी : कैलालीको धनगढीबाट २ थान भरुवा बन्दुकसहित भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१८ एफ गाउँबाट २ थान भरुवा बन्दुक र चाकुसहित २ जना भारतीय र एक नेपाली नागरिक पक्राउ परेका हुन।

जिल्ला प्रहरी कार्यालय, कैलालीले मङ्गलवार धनगढी उपमहानगरपालिका–१८ एफगाउँ आर्यघाटबाट भारतको लखिमपुर गुलरियाका ३२ वर्षीय रियासत अली, सोही ठाउँको ४० वर्षीय देशराज राना र धनगढी–१९ को ३९ वर्षीय गुरुप्रसाद चौधरी दुई थान भरुवा बन्दुक र चाकुसहित पक्राउ परेका बताएको छ। उनीहरूलाई भारतबाट नेपाल आउदै गर्दा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगर र जिल्ला प्रहरी, कैलालीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।
उनीहरूको विषयमा थप अनुसन्धान जारी रहेको कैलाली प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार