मादक पदार्थ सेवन गरेर एक युवकमाथि बोतल प्रहार, ३ जना प्रहरीको नियन्त्रणमा

धनगढी : कैलालीमा मादक पदार्थ सेवन गरेर एक युवकमाथि बोतल प्रहार गरिएको छ। गोदावरी नगरपालिकाको खमौरा बस्ने ३५ वर्षीय चन्द्रबहादुुर चौधरीमाथि गएराति चौकीडाँडामा सिसाको बोतल प्रहार भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराका अनुसार बोतलले चौधरीको टाउकोमा प्रहार गरिए छ। उनको अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको छ।

SHIKHAR COOL TECH

बोतल प्रहार गर्ने तीन जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–३ बस्ने १९ वर्षीय राहुल ताम्राकार, २६ वर्षीय रमेश ताम्राकार र ५० वर्षीय प्रकाश ताम्राकार रहेको डीएसपी बोहराले बताए। उनीहरु तीनै जनाले मापसे गरेको पाइएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार