घुम्ती पसलमा गाँजा सेवन गरिरहेका ४ जनालाई पक्राउ

कैलाली : कैलालीबाट प्रहरीले घुम्ती पसलमा गाँजा सेवन गरिरहेका ४ जनालाई पक्राउ गरेको छ । सोमबार साँझ गौरीगंगा नगरपालिका – ११ झन्झटपुर स्थित सडक किनारमा स्थानीय ३८ वर्षीय तुलाराम चौधरीले सञ्चालन गरेको घुम्ती पसलबाट गाँजा सेवन गरिरहेको अवस्थामा ४ जना पक्राउ गरेका हुन ।

पक्राउ पर्नेमा तुलाराम सहित सोही ठाउँका ३१ वर्षीय श्रवण कुमार चौधरी, २७ वर्षीय अजय चौधरी र २१ वर्षीय विवश चौधरी रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनीहरूको साथबाट ७०  ग्राम लागू औषध गाँजा र गाँजा सेवन गर्न प्रयोग गरेको पाइप सहितको बोतल पनि बरामद गरिएको छ ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार