डोटीको बगलेकमा ‘मिनी खप्तड पार्क’को शिलान्यास, प्रदेश प्रमुख मियाँ डोटी पुगे !

धनगढी : डोटीको बगलेकमा पार्कको शिलान्यास गरिएको छ। सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले ‘मिनी खप्तड पार्क’को शिलान्यास गरेका हुन।

डोटीको पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा एक औपचारिक कार्यक्रमकाबीच मिनी खप्तड पार्क निर्माण कार्यको शिलान्यास गरिएको छ। प्रदेश प्रमुख मियाँ डोटी पुगेका हुन। सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउँद, प्रदेशसभा सदस्य चक्र मल्ल, पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यय, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलगायतको सहभागिता रहेको थियो।

गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले खप्तड राष्ट्रिय निकुञ्जको फेदीमा रहेको रमणीय स्थललाई पार्कको रूप दिएर मिनी खप्तड पार्क निर्माण गरिन लागिएको बताए। पार्क निर्माणका लागि ३५ लाख बजेट विनियोजन भएको र गाउँपालिकाले क्रमागत रूपमा कार्यान्वयनमा लैजाने उनले बताए।

धर्तीको स्वर्ग मानिएको खप्तडको फेदीमा निर्माण गरिने मिनी खप्तड पार्कले त्यहाँको रमणीयतालाई झनै उजागर गर्ने उनले बताए। उनका अनुसार केही दिनमै टेन्डर आह्वान गरी पार्क निर्माण कार्य अगाडि बढाइनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार