बाजुराका १५ वर्षीय नबिन पाँच दिनदेखि धनगढीमा वेपत्ता

बाजुरा : बाजुराका एक बालक पाँच दिनदेखि धनगढीमा वेपत्ता भएका छन्। खप्तड छेडेदह गाउँपालिका-३ धनाल्तका अन्दाजी १५ वर्षीय नबिन रावत वेपत्ता भएका हुन्।

उनी माघ १५ गते बिहानबाट बेपत्ता भएपनि खोजी गर्दा हालसम्म नभेटाएको नबिनका ठुलाबुवा डम्मर रावतले जानकारी दिए। उनका अनुसार कक्षा ९ मा अध्ययनरत नबिन आफन्तसँग धनगढीमा बस्दै आएका थिए। वेपत्ता बालकको खोजी कार्य गरी दिनका लागि परिवारले सबैलाई अनुरोध गरेका छन्।

उनका आमाबुवा रोजगारीको लागि भारतको बेङलोरमा रहेकोमा छोरो सम्पर्कविहिन भएपछि खोजीका लागि नेपाल फर्किएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीमा बालक हराएको निवेदन आइसकेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार