कैलालीको स्याउलेमा शारदा फुटबल लिग सुरु !

कैलाली : कैलालीको गोदावरी नगरपालिका– ८ स्याउलेमा सुदूरपश्चिम प्रदेश स्तरीय अन्तर विद्यालय शारदा फुटबल प्रतियोगिता सुरु भएको छ । बुधवार सुदूरपश्चिम प्रदेश सरकारी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले प्रतियोगिता उद्घाटन गरेकी छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै राज्यमन्त्री खड्काले अहिलेका सुदूरपश्चिममा युवाहरूको रुचि अनुसारको खेलकुद प्रतियोगिता हुन नसकेको बताइन् । ‘सुदूरपश्चिमका युवाहरूको खेलकुदमा रुचि हुँदा हुँदै यस क्षेत्रका युवाले राम्रो खेल मैदान पाएका छैनन्, खेल सामग्री पाएका छैनन्, खेल प्रशिक्षक पाएका छैनन्’ उनले भनिन् ‘खेलको विकासको लागि सबैको ध्यान जान आवश्यक छ । तीनै तहका सरकारले पहल गर्न आवश्यक छ ।’

SHIKHAR COOL TECH

उनले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्ने बेला सम्म आफ्नो पद कायम रहे खेलकुदको विकासका लागि बजेट हाल्ने बताइन् । उनले भनिन् ‘अर्को बजेट विनियोजन गरुन्जेल सम्म सामाजिक विकास राज्यमन्त्रीको पदमा भइरह्यो भने सुदूरपश्चिमको खेल जगतलाई माथि उठाउन हरेक विद्यालय र समुदायमा खेलकुदका लागि बजेट छुट्टाउन मेरो अहम् भूमिका हुने छ ।’

स्याउलेमा रहेको शारदा विद्या निकेतनले आयोजना गरेको प्रतियोगितामा ५ वटा टिमको सहभागिता रहेको छ । विद्यालयका प्रबन्ध निर्देशक रामचन्द्र शाहीले जानकारी दिए । प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्धितिय पुरस्कार २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र राखिएको छ । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई २ हजार, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदयमान खेलाडीलाई १ हजार प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ५ सय रुपैयाँ दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई मात्रै सहभागी गराइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार