बैतडी : नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी गृह जिल्ला बैतडी आउने भएका छन्र।
माघ १६ गते पाटन र दशरथचन्द नगरपालिकामा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगताको उद्घाटन लगायतका कार्यक्रमका लागि मन्त्री भण्डारी बैतडी आउन लागेका हुन् ।
१४ गते घनगढी पुगेर बस्ने तथा १५ गते स्वदेशी वस्तुको प्रयोगका बिषयमा धनगढीमा छलफल हुने सकिएपछि डडेल्धुरा बस्ने कार्यक्रम तय भएको स्वकिय सचिब लोकेन्द्र भण्डारीले बताए ।
उनका अनुसार १६ गते बिहान ९ बजे पाटन नगरपालिका ९ बिजयपुरमा राष्ट्रपति रनिङ शिल्डको उद्घाटन तथा ११ बजे दशरथचन्द नगरपालिकाको देहिमाण्डौमा हुने राष्ट्रपति रनिङ शिल्ड उद्घाटन गर्ने कार्यक्रम छ ।
दिउँसो १ बजेबाट नेकपा एमाले जिल्ला कमिटि बैतडीकाे बैठकमा एमालेका केन्द्रीय कमिटि सदस्य मन्त्री भण्डारी सहभागी हुने छन् ।
प्रतिक्रिया दनुहोस्