कैलालीबाट साढे ८ लाख बराबरको अवैध सामान बरामद

धनगढी : कैलालीबाट प्रहरीले साढे ८ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।

बिहीबार धनगढी उपमहानगरपालिका – १ कटान नालापुल, गोदावरी नगरपालिका – ३ चौकिडाँडा र टीकापुर नगरपालिका – ९ बालुवाटारबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएको  ८ लाख ५४ हजार ७९९ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको हो ।

khadya

जसअन्तर्गत मोबाइल ग्लास, जुत्ता, त्रिपाल, डोरी, हरियो मटर, हरियो खुर्सानी, प्लास्टिक झिल्ली, एक मोटरसाइकल लगायतका सामानहरू  बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार