लागूऔषधसहित कञ्चनपुरबाट ४ जना पक्राउ

कञ्चनपुर : प्रहरीले कञ्चनपुरबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ । बिहीबार दोधारा चाँदनी र कृष्णपुर नगरपालिकाबाट लागू औषध सहित ४ जना पक्राउ परेका हुन ।

दोधारा चाँदनी नगरपालिका – ४ महाकाली माता मन्दिर नजिकबाट स्थानीय ३६ वर्षीय जानकी दमाईले सञ्चालन गरेको किराना पसलमा लागू औषध चरेसको कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले गरेको खानतलासी १९.५४ ग्राम लागू औषध चरेस बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Seti Hospital

यस्तै सोही ठाउँबाट ३९ वर्षीय गौखे दमाईको साथबाट १.०७ ग्राम र भीमदत्त नगरपालिका – ११ भुजेलाका २१ वर्षीय अविशेक सुनारको साथबाट ०.६१ ग्राम लागू औषध चरेस बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै बिहीबार साँझ कृष्णपुर नगरपालिका – ७ कलुवापुरबाट २१ वर्षीय दीपक रानाको घरमा खानतलासी गर्दा उनले सुत्ने कोठाबाट लुकाई राखेको अवस्थामा ०.११ ग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार