कैलालीको गोदावरीस्थित मजगाउँमा माघ महोत्सव हुने

कैलाली : कैलालीको गोदावरी नगरपालिका – ८ मजगाउँमा माघ महोत्सव हुने भएको छ । थारु कल्याण कारिणी सभा र वरघर भलमन्सा गोदावरी नगर समितिको आयोजनामा माघ १२ गते देखि महोत्सव हुने भएको हो ।

‘संस्कृति संरक्षण, स्थानीय पर्यटन र आधुनिक कृर्षी पर्यटनका लागि एकजुट हौ’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

khadya

पत्रकार सम्मेलनमा बोल्दै थारु कल्याण कारिणी सभाका नगर अध्यक्ष जनकलाल चौधरीले महोत्सवमा स्थानीय झाँकीहरू प्रदर्शनका साथै थारु राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहने बताए । उनले भने ‘महोत्सवमा थारु खानपानको व्यवस्था, थारु कला संस्कृतिको जगेर्ना सम्बन्धी विविध कार्यक्रम, थारु कला,सिप झल्कने थारु सङ्ग्रहालयको अवलोकनका साथ अन्य रमाइलो मेला प्रदर्शन हुने छ ।’

थारु कल्याण कारिणी सभाका पूर्व कार्यवाहक सभापति माधव चौधरीले यस पटक महोत्सवलाई केही फरक बनाउने उद्देश्यले लागू औषध सम्बन्धी जानकारीमूलक नाटक प्रस्तुत गर्ने तयारी भइरहेको बताए ।

महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बिहान ११ बजे समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । मजगाउँ थारु सामुदायिक होमस्टे र खुटिया चारपाते युवा क्लबले सहकार्य गरेको महोत्सव माघ १४ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार