कैलालि : कैलालिको घोडाघोडी नगरपालिकामा करिव ५ हजार किशोरीलाइ एचपीभी खोप लगाइने भएको छ । देशभर सुरु हुन गैरहेको एचपीभी खोप अभियान अन्तरगत घोडाघोडिमा ४ हजार ९ सय २१ जना किशोरीलाइ उक्त खोप लगाउन लागिएको हो ।
नगरपालिकाले माघ २२ गते देखि पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउन लागेको जनाएको छ । आगामी माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले खोप अभियान सुरु गर्न लागेको छ । सो अभियान अन्तरगत नगरपालिकाका ५२ सामुदायिक विद्यालयका ६ देखि १० कक्षा सम्मका र विद्यालय भन्दा बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई खोप लगाइने नगरपालिकाले जनाएको छ ।
सोही क्रममा ४ हजार ९ सय २१ जना किशोरीलाई खोप दिइने घोडाघोडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले जानकारी दिएका छन् । जसमा ४ हजार ८ सात ७० जना विद्यालयका र ५१ जना अन्य रहेका उनले बताए ।
प्रतिक्रिया दनुहोस्