प्रधानमन्त्री महिला कप : कोशीलाई हराउँदै आर्मी सुपर फोरमा

धनगढी : कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गर्दै सुपर फोरमा प्रवेश गर्ने समूह बी को पहिलो टोली बनेको छ । सोमवार भएको दिनको पहिलो खेलमा आर्मीले कोशी प्रदेशमाथि ९ विकेटको जित हात पार्यो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल ७ ओभरमा छोट्याइएको थियो ।

कोशीले दिएको ३७ रनको लक्ष्य आर्मीले ६.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । आर्मीका लागि सम्झना खड्काले सर्वाधिक ३२ रन जोडिन् । उनले २३ बलमा ५ चौका प्रहार गरिन् । अञ्जिली विश्वकर्मा ६ रनमा आउट हुँदा रुवि पोदार १ रनमा नट आउट रहिन् । त्यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित ७ ओभरमा ५ विकेट गुमाएर ३६ रन जोडेको थियो । कोशीका लागि स्मृती कटवालले सर्वाधिक १४ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

khadya

आर्मीका लागि मनिषा चौधरीले ३ तथा सुस्मिता भुषालले २ विकेट लिइन् । जितसँगै आर्मीको ३ खेलबाट ४ अंक भएको छ । रनरेटमा पछि परेका कारण दोस्रो स्थानमा रहेको कोशीले सुपर फोरमा प्रवेश पाउँन दोस्रो खेलको नतिजा कुर्नुपर्ने छ ।दोस्रो खेलमा बागमती प्रदेश र मधेश प्रदेश खेल्दै छन् । यस खेलमा बागमतीले मधेशमाथि फराकिलो जित निकालेमा कोशीको सुपर फोर सम्भावना सकिनेछ । बागमतीले मधेशलाई सामान्य अन्तरमा हराए वा मधेशले खेल जितेमा कोशी सुपर फोरमा पुग्नेछ ।

प्रतियोगितामा २ विभागीय र ७ प्रदेशको टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा लुम्बिनी , गण्डकी , कर्णाली , एपिएफ क्लब र सुदूरपश्चिम छन् । समूह बी मा कोशी , मधेश , बागमती, त्रिभुवन आर्मी क्लब छन् ।

दुई समूहबाट शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्ने छन् । समूह ‘ए’ बाट एपिएफ र सुदूरपश्चिम प्रदेश सुपर फोरमा पुगिसकेका छन् । सुपर फोरमा एक समूहको टोलीले अर्को समूहको टोलीसँग खेल्नेछन् । सुपर फोरमा शीर्ष दुईमा रहने टोलीबिच फाइनल हुनेछ । दुवै समूहका तेस्रो स्थानमा रहने टोलीहरुले पाँचौ र छैटौं स्थानका लागि खेल्नेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार