कञ्चनपुर : कञ्चनपुरबाट प्रहरीले डेढ लाख बढीको अवैध भन्सार छलीको सामान बरामद गरेको छ । सोमबार भीमदत्त नगरपालिका – १० भन्सार रोड र भीमदत्त नगरपालिका – ११ भुजेलाबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरिएको हो ।
जसअन्तर्गत १ लाख ६२ हजार ९९०रुपैयाँ बराबरका कपडा, हार्डवेयर, किराना लगायतका सामानहरू इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्