धनगढीमा ‘दोस्रो माघ मिलन कार्यक्रम २०८१’ सम्पन्न

Call24News

धनगढी । धनगढीमा दोस्रो माघ मिलन कार्यक्रम २०८१ सम्पन्न भएको छ । मेला बोझिया देउथान समितीको आयोजनामा माघ मिलन कार्यक्रम धनगढी उपमहानगरपालिका ६ मटियारी ढुंगे बजारमा सम्पन्न भएको हो ।

कार्यक्रमको मुख्य प्रायोजन राइजिङ स्टार इङ्ग्लिश बोर्डिङ्ग स्कुलले गरेको थियो । साथै निसर्ग हस्पिटलले पनि कार्यक्रमलाई प्रायोजन गरेको थियो ।

SHIKHAR COOL TECH

बोझिया देउथान समिति थारु समाजका अध्यक्ष बिन्तीराम चौधरीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्व भौतिक पूर्वाधार तथा योजना मन्त्री तथा प्रदेश सभा सदस्य प्रकाश देउवा रहेका थिए भने विशिष्ट अतिथि निसर्ग अस्पतालका अध्यक्ष तिर्थ पन्त, वडा नम्बर ५ का अध्यक्ष गजेन्द्र शाही, वडा नम्बर ६ का अध्यक्ष भागिराम चौधरी, पुस्तक तथा स्टेसनरी व्यवसायी संघका अध्यक्ष भिम पडाल, राइजिङ स्टार इङ्ग्लिश बोर्डिङ्ग स्कुलका अध्यक्ष कलेन्द्र शाही रहेका थिए ।

त्यस्तै कार्यक्रममा भन्मन्सा तथा नगर सभापति रोहित चौधरी, विभिन्न समुदायका भलमन्सा, शिक्षाप्रेमी, समाजसेवी, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार