यो सरकार २०८४ सालको निर्वाचन सम्म कायम रहन्छ : गृहमन्त्री लेखक

Call24News

कञ्चनपुर : गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्म कायम रहने बताएका छन । नेपाल प्रेस युनियनले महेन्द्रनगरल आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सरकार निर्वाचन सम्मै जानैमा ढुक्क रहन आग्रह गरे ।

‘७ बुँदे सहमति गरेर त्यहीअनुसार सरकार अघि बढ्छ’ उनले भने, ‘हाम्राबीचमा कुनै समस्या छैन, बेलाबेलामा विभिन्न खालका हल्ला सुन्ने गरिन्छ, यो सरकार २०८४ सालको निर्वाचनसम्म कायम रहन्छ ।’

SHIKHAR COOL TECH

उनले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि हासिल गर्ने, सुशासन कायम गर्ने, मुलुकमा दिगो शान्ती, विकास र समृद्धिको यात्रालाई अगाडि बढाउने लक्ष्य लिएको बताए ।

‘मुलुकमा स्थायित्य र दिगो विकासका लागि प्रमुख दुई पार्टी मिलेर सरकार बनेको छ’, गृहमन्त्री लेखकले भने, ‘सरकारले सोहीअनुरुप समृद्धिको यात्रालाई अगाडि बढाउने गरी योजनाबद्ध रूपमा काम गरिरहेको छ ।’

उनले मुलुकमा लगानीको वातावरण सिर्जना गर्न र उद्योगधन्दा फस्टाउने गरी सरकारले केही कानुन संशोधन गरेर अध्यादेश ल्याएको बताए । गृहमन्त्री लेखकले सरकारले चाँडै संसद्को अधिवेशन आह्वान गर्ने तयारी गरिरहेको जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार