चार महिनापछि सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्दै !

Call24News

धनगढी : सुदूरपश्चिम प्रदेशसभाको बैठक चार महिनापछि बस्ने भएको छ। माघ ६ गतेका लागि प्रदेशसभाको बैठक बोलाइएको हो।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले माघ ६ गते बिहान ११ बजेका लागि बैठक बोलाइएको बताए। उनले प्रदेश सभाका समितिका सभापति हेरफेर र निर्वाचनको मिति तोक्ने कार्यतालिका रहेको बताए।

गत असोज ५ गते प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१÷०८२ को बजेट पारित भएपछि प्रदेशसभाको बैठक बस्न सकेको थिएन। प्रदेश सरकारले स्थानीय सरकार सञ्चालन ऐन ल्याउने समेत तयारी गरेको छ।

प्रदेश सभा विधायन समितिका सभापति दिवान सिङ विष्टले ऐन ल्याउन समितिले स्थानीय तहका जनप्रतिनिधि सँग सुझाव सङ्कलन गरेको र ऐन ल्याउने अन्तिम तयारीमा रहेको बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार