बैतडीमा कपडा बैंकबाट १ वर्षमै ८ सय परिवारलाई कपडा वितरण

Call24News

बैतडी । बैतडीमा सञ्चालनमा आएको कपडा बैंकको प्रभावकारिता बढ्दो छ । ‘हुनेले दिने, नहुनेले लगेर जाने’ उदेश्यसहित माया घर बैतडीद्वारा सञ्चालनमा ल्याइएको कपडा बैंकको प्रभाव बढेको हो । विपन्न, एकल नागरिक, असहाय, बेसाहारा, टुहुरा बालबालिकालाई लक्षित गरेर कपडा बैंक सञ्चालन गरिएको एक वर्ष पूरा भएको छ ।

एक वर्षको अवधिमा कपडा बैंकको थप एक शाखा बैतडीको मेलौलीमा पनि सञ्चालन गरिएको छ ।

Seti Hospital

यो एक वर्षको अवधिमा बैतडीमा सञ्चालित कपडा बैंकबाट ६ सय १८ जना परिवारलाई कपडा वितरण गरिएको छ भने कपडा बैंकको मैलौली शाखाबाट १ सय ९२ परिवारलाई कपड वितरण गरिएको छ । यसरी बैतडीमा सञ्चालित कपडा बैंकबाट हालसम्म कुल ८ सय परिवार लाभांवित भएका छन् ।

यस्तै कपडा बैंकबाट शिवस्थली माद्यामिक विद्यालय, विरेन्द्र माद्यामिक विद्यालय, जगदम्बा मावि, नागार्जुन आधारभूत विद्यालय, केदारस्युँ मावि, गङ्गेस्वर आधारभूत विद्यालयबाट अति विपन्न बालबालिका छनोट गरी १०४ जना विद्यार्थीलाई आवश्यकताअनुसार कपडा वितरण गरिएको छ ।

बैतडीमा सुरु गरिएको उक्त सत्कर्ममा मायाघर इटहरी, दृष्टि फाउन्डेसन, राष्टिर्य वाणिज्य बैंक (बैतडी), धनगढी नेत्रालय, कपडा बैंक (धनगढी), बाराकोट समाज काठमाडौँ, लायन्स क्लब धनगढी, प्रेस चौतारी (बैतडी), सुदूरपश्चिम सङ्गिनी समूह, हेड्स नेपाल, आमाको माया छात्रावास र व्यक्तिगत रुपमा थुप्रै स्थानीय तथा समाजसेवीले लुगा तथा कपडा दिएर सहयोग गरेका छन् ।

मेलौलीमा कपडा बैंक सञ्चालनका लागि स्थानीय गणेश भट्टले निःशुल्क कोठा उपलब्ध गराएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार