स्वास्थ्य अनुसन्धान परिषद्को सुदूरपश्चिम संयोजकमा डा. अन्सारी नियुक्त

धनगढी । स्वास्थ्य अनुसन्धान परिषद् सुदूरपश्चिमको संयोजकमा डा. मेराज आलम अन्सारी नियुक्त भएका छन् ।

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले सर्जरी डा. अन्सारीलाई सुदूरपश्चिमको संयोजकमा नियुक्त गरेका हुन् । अन्सारी निसर्ग हस्पिटलका मेडिकल डाइरेक्टरसमेत हुन् ।

khadya

स्वास्थ्य अनुसन्धान परिषद्ले सुदूरपश्चिम स्तरीय शाखा स्थापना गरेपछि सुदूरपश्चिमका चिकित्सक तथा स्वास्थय क्षेत्रमा नयाँ अनुसन्धान गर्न सहज हुने भएको छ ।

परिषद्ले अन्य ६ वटै प्रदेशमा यसअघि नै शाखा स्थापना गरिसकेको छ । अब सुदूरपश्चिम परिषद्ले काउन्सीलर नियक्त गरेसँगै स्वास्थ्य परिषद्को शाखा खुल्ने वातावरण भएको अन्सारीले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार