रवि लामिछानेमाथि सहकारी ठगीको आजसम्म कै ठूलो मुद्दा दर्ता

काठमाडौँ : रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगीको आजसम्म कै सबैभन्दा ठूलो मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय भैरहवाले बिहीबार रवि र पूर्वडीआईजी छविलाल जोशीसहितका १४ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

कास्की जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतबाट क्रमशः ६५ र ६० लाख धरौटीमा रिहा भएका रविलाई रुपन्देहीमा गाह्रो पर्ने भएको छ । सरकारी वकिलको कार्यालयले रविसहितका १४ जनाविरुद्ध १ अर्ब १२ करोड बिगो दाबीसहित रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

Seti Hospital

लामिछानेलाई ४ करोड १३ लाख र छविलाल जोशीलाई ४ करोड २८ लाख रुपैयाँसहित ४२ जनाविरुद्ध १ अर्ब १२ करोड बिगो माग गरिएको छ। लामिछानेलाई व्यक्तिगत २ करोड र सामूहिक दायित्व २ करोड १३ लाख गरी ४ करोड १३ लाख रुपैयाँ, छविलाल जोशीलाई २ करोड ५० लाख व्यक्तिगत र १ करोड ७८ लाख सामूहिक दायित्व गरी ४ करोड २८ लाख बिगो दाबी माग गरिएको छ ।

सुप्रिमबाट २ करोडको ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ लामिछानेको खातामा गएको प्रमाण प्रहरीले प्रतिवेदनमा पेस गरेको छ। त्यसको भौचरसहित प्रहरीले प्रतिवेदनमा समेटेर २ करोडलाई व्यक्तिगत र अन्यलाई सामूहिक दायित्वमा उल्लेख गरेको छ । लामिछानेका नाममा २०७७ चैत १८ गते २ करोड रकम ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको थियो । उक्त रकमको भौचर सुप्रिमका व्यवस्थापक सागर केसीले सदर गरेका थिए । सुप्रिमकी कर्मचारी रोशनी गुरुङले लामिछानेका नाममा जम्मा गरेकी थिइन् ।

रकम जम्मा गर्ने गुरुङ पुर्पक्षका लागि थुनामा गएकाले रवि पनि पुर्पक्षका लागि थुनामा जानसक्ने धेरैको विश्लेषण छ । बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

17%

आक्रोशित

समबन्धित समाचार