नगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ् सडकमा एक अर्ब बजेट, पहल गर्नेमा विभिन्न दल र नेताको दावी

धनगढी : धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ् दु्रतमार्गमा एक अर्ब बजेट परेको विषयले यतिबेला सामाजिक सञ्जाल तताएको छ ।
अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाबाट श्रोत सहमती प्रदान गरिएका योजनाहरुको विवरण सार्वजनिक भएसँगै विभिन्न दल र नेताहरुले आ–आफ्नो पहलमा बजेट विनियोजन भएको दावी गरेपछि सामाजिक सञ्जाल तातेको हो ।
उक्त बजेट नेपाली काँग्रेसका सुदूरपश्चिम सभापति तथा कैलाली क्षेत्र नं.५ बाट प्रतितिनिधी सभा सदस्य रहेका बिर बहादुर बलायरको पहलमा विनियोजन भएको काँग्रेसका नेता कार्यकर्ताको दावी छ ।
पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका बलायर सँगै काँग्रेस डोटी सभापति नरेन्द्रबहादुर सिंहलगायतका नेताहरूको पनि यसमा भूमिका रहेको उनिहरुको दावी छ ।
यस विषयमा नेपाली काँग्रेस डोटीका सचिव एवं आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्काले ‘योजना पर्न कुन विधि प्रकृति हुन्छ, थाह छ कि छैन ? लेटरप्याड र संसदमा बोलेर योजना पर्दैन’ भन्दै राष्ट्रिय योजना आयोगमा ठूला योजना पास गराएर अनि मन्त्रालयमा पठाउने र ति योजना अकाट्य हुने भन्दै फेसबुक स्टाटस लेखेका छन् । उक्त स्टाटससँगै नेता बलायर सहितको टोलीले योजनाबारे माग गर्दै गरेको भिडियो समेत खड्काले पोस्ट गरेका छन् ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार