इजरायल – हमासबीच युद्धविराम सम्झौता, विपिन रिहाइको पनि खुल्यो बाटो

धनगढी: इजरायल र हमास गाजामा १५ महिना जारी युद्ध अन्त्य गर्न युद्धविराम सम्झौतामा पुगेका छन् । स्रोतहरूलाई उदृत गर्दै बीबीसीलाई जनाएअनुसार स्थायी युद्धविरामको लागि दुवैपक्ष तयार भएका हुन् । सम्झौताको औपचारिक रूपमा घोषणा भने गरिएको छैन । यो सम्झौताले लाखौं विस्थापित गाजाहरूलाई घर फर्कन अनुमति दिनेछ भने बन्धकहरूको रिहाइको सुनिश्चितता गरेको छ । हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरी १२ सय बढीको ज्यान लिएको थियो भने २५१ जनालाई बन्धक बनाएर गाजातर्फ लगेको थियो ।

नेपाली विद्यार्थी विपिन जोशीसमेत हमासको बन्धक बनेका छन् । यो सम्झौतासँगै विपिनको रिहाइको पनि बाटो खुलेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलको आक्रमणबाट अहिलेसम्म ४६ हजार बढी प्यालेस्टाइनीहरू मारिएका छन्। इजरायलले अझै पनि ९४ जनालाई हमासले बन्धक बनाएको छ जसमध्ये ३४ जनाको मृत्यु भएको अनुमान गरिएको छ । यसैबीच अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्धकहरूको रिहाइका लागि सम्झौता भएको र उनीहरूलाई छिट्टै रिहा गरिने बताएका छन्।

khadya

सम्झौताको पहिलो चरणमा हमासले ५० वर्षभन्दा माथिका महिला, बालबालिका र पुरुषसहित ३३ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने छ । पहिलो चरणको १६ औँ दिनदेखि सुरु हुने दोस्रो चरण कार्यान्वयन सुरू हुने र बाँकी रहेका सबै बन्धकहरूको रिहाइ हुने मध्यस्थकर्ताहरूले जनाएका छन् । स्थायी युद्धविराम र गाजाबाट इजरायली सेनाको फिर्ती सम्झौतामा उल्लेख रहेको बीबीसीले जनाएको छ । तेस्रो चरणले मृत बन्धकहरूको बाँकी सबै शवहरू फिर्ता गर्ने र गाजाको पुनर्निर्माणको सुरुवातलाई सम्बोधन गर्ने बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार