कैलालीको अत्तरियामा खुलेआम सार्वजनिक स्थानमा अतिक्रमण

अत्तरिया : कैलालीको अत्तरियामा खुलेआम सार्वजनिक स्थानमा अतिक्रमण हुने क्रम अझै रोकिएको छैन । यस क्षेत्रमा वन, खोला, सडक क्षेत्र निरन्तर अतिक्रमणको चपेटामा पर्ने गरेका छन् । पछिल्लो समय अत्तरियाको पूर्व रोडमा सडक क्षेत्रमा धमाधम अतिक्रमण गरेर स्थायी संरचना नै निर्माण गर्न थालिएको छ ।

सुरक्षा सामुदायिक वन सँगै जोडिएको राजमार्ग किनारामा स्थायी रूपमै धमाधम टहरा निर्माण भइरहेका छन् । उनीहरूले पानी जम्ने क्षेत्रमा माटो भरान गरेर टहरा निर्माण गरिरहेको भए पनि न स्थानीय तहले रोक लगाएको छ न सडक विभागले न वास्ता गरेको छ । सो क्षेत्रमा यसअघि पनि स्थायी टहरा निर्माण गरिएका भए पनि हाल थप विस्तार भइरहेका छन् । नगरपालिकाले बजार क्षेत्रका ठेला गाडाको व्यवस्थापन गर्ने क्रममा बसपार्क र पूर्व रोडमा राख्न दिने निर्णय गरेको भए पनि हाल सो क्षेत्रमा स्थायी संरचना नै निर्माण हुन थालेका हुन ।

khadya

यहाँ २०७४ सालमा स्थायी रूपमा निर्माण गरिएको संरचनामा डोजर लगाएर भत्काइएको थियो । त्यसपछि गुडाउन मिल्ने ठेला गाडा राखिएको सो क्षेत्रमा पुनः स्थायी संरचना निर्माण गर्न लागिएको हो । अहिले सडक किनारामा संरचना निर्माण गरेर मदिरा, कपडा, फलफूल, शृङ्गार लगायतका पसल सञ्चालन गरिएका छन् । सडक अतिक्रमणमा परेर संरचना निर्माण हुन थालेपछि वनले लगाएको तार जाली पनि जोखिममा परेको छ । कतिपय ठाउँमा तार जाली समेत भत्काइएको छ । जसले गर्दा वन क्षेत्र अतिक्रमणमा पर्ने खतरा पनि बढेको छ ।

सडक मात्रै नभएर अत्तरियामा बजार क्षेत्रमा रहेका खोलाहरू पनि धमाधम अतिक्रमण भइरहेका छन् । खोलामै घरका पिलर हालेर धमाधम संरचना निर्माण भइरहेका भए पनि नियमन निकाय मौन बसेको छ । खोला अतिक्रमण गरेर धमाधम घर बन्न थालेपछि यस क्षेत्रमा डुबान हुने जोखिम बढेको छ ।

स्थानीय सन्तोष विकले खुलेआम अतिक्रमण हुँदा पनि नगरपालिका किन मौन बसेको देखेर अचम्ममा परेको बताए । उनले अतिक्रमण गरिएका ठाउँमा हटाउनुको सट्टा अहिले पनि खुलेआम अतिक्रमण हुँदा पनि नगरपालिका मौन बस्नु अनौठो कुरा भएको बताए । स्थानीय नवीन चन्दले यसरी अतिक्रमण हुँदै जाने हो भने अत्तरिया कुरूप बन्ने खतरा बढेको बताए । उनले अतिक्रमण नरोकिए अत्तरिया पनि डुब्ने जोखिम रहेको बताए । पछिल्लो समय अतिक्रमण हटाउन तिर स्थानीय सरकारको ध्यान जान नसकेको उनको भनाइ छ ।

गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल भट्टले पूर्व रोडको सडक किनारामा स्थायी संरचना बनाउनको लागि नगरपालिकाले कसैलाई पनि अनुमति नदिएको बताए । उनले ठेला गाडा राखेर सीमित समयमा व्यापार गर्न दिएको भए पनि स्थायी संरचना निर्माण गर्न नपाइने बताए । उनले अहिले वन क्षेत्रमा पनि अतिक्रमण भएकाले त्यसलाई हटाउन वनले पनि चासो दिनुपर्ने बताए ।

‘ठेला राख्ने, बाँस गाड्ने, पाल टाँग्ने गरिरहेका छन् । वनको क्षेत्र परेकाले वनले पनि त्यसलाई हेर्नुपर्ने हो’ उनले भने ‘हामीले पनि सरोकार राखेका छैनौ, वनले पनि सरोकार राखेको छैन ।’ उनले वन र सडकले सहयोग मागेको खण्डमा आफूहरू ती टहरा हटाउने पक्षमै रहेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार