अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार

मुम्बई : बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ । रातको साढे दुई बजे एक व्यक्तिले अभिनेतामाथि चक्कु प्रहार गरेका हुन् । ति व्यक्ति चोरी गर्नका लागि सैफको मुम्बई, बान्द्रस्थित घरमा छिरेका थिए ।

सैफलाई यतिबेला मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएका छन् । त्यहाँ उनको शल्यक्रिया भइरहेको छ । उनलाई चक्कुले ६ पटकसम्म प्रहार गरिएको बताइन्छ । सैफको घाँटी र मेरुदण्डको नजिक गहिरो चोट लागेको छ ।

khadya

उनको शरीरमा तीन इन्च गहिरो चोट छ । उनको स्नायु र कस्मेटिक सर्जरी गरिदैछ । चोरसँगको घम्साघम्सीमा सैफका घरेलु कामदारलाई पनि सामान्य चोट लागेको छ ।

सैफमाथि यो आक्रमण उनका बच्चा तैमूर र जेहको कोठामा भएको थियो । आक्रमणकारी कसरी घरभित्र प्रवेश गरे र त्यहाँसम्म पुगे भनी प्रहरीले अनुसन्धान गरिरहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार