प्रधानमन्त्री कप टी–२० : क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले विजयी सुरुवात

धनगढी : प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले विजयी सुरुवात गरेको छ । प्रतियागिताकै पहिलो खेलमा गण्डकी प्रदेशलाई फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिमले विजयी सुरुवात गरेको हो । पहिलो खेलमा गण्डकी प्रदेशले दिएको ५६ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले ९.५ ओभरमा ३ विकेट गुमाएर सहजै पुरा ग-यो ।

सुदूरपश्चिमकी प्रारम्भीक ब्याटर रेवती धामीले उत्कृष्ट प्रदर्शन गरिन । उनले २७ बलमा २ चौका सहित २१ रन बनाईन । त्यस्तै, मनीषा बोहराले ९, कविता कुँवरले ८, विन्दु रावलले ६ र शोभा रोकायाले ४ रन बनाए । गण्डकीका लागि आरती तिवारी र अपेक्षा बुढाथोकीले १/१ विकेट लिए।

Seti Hospital

यसअघि ब्याटिङ गरेको गण्डकीले राम्रो प्रदर्शन गर्न सकेन । १५ ओभरमा घटाइएको खेलमा गण्डकीले सात विकेटको क्षतिमा ५५ रन मात्रै बनाउन सक्यो । गण्डकीका लागि रेखा तामाङले १३ र सिर्जना पौडेलले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि रेवती धामीले चार विकेट लिइन । तीन ओभर बलिङ गरेकी उनले ९ रन मात्र खर्चिइन्। त्यस्तै, जानकी थापा र ऋतु कनौजियाले १/१ विकेट लिए । प्रतियोगितामा नौ टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा सातै प्रदेशका सात टोलीसँगै नेपाल प्रहरी क्लब र त्रिभुवन आर्मी क्‍लब सहभागी छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार