भूकम्पबाट क्षतिग्रस्त डोटी, सरकारले निजी आवास केन्द्र बनाउने

धनगढी : सरकारले भूकम्प र बाढीपहिरोपछिको पुनर्निर्माणको काम २०८४ असारभित्र सक्ने गरी पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि योजना स्वीकृत गरेको छ।

निजी आवास निर्माणको काम विपत व्यवस्थापन प्राधिकरणमार्फत पालिकाले गर्ने र बाँकी भौतिक संरचना निर्माणको काम सम्बन्धित मन्त्रालय र निकायमार्फत हुने निर्णय गरिएको छ। विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सह–सचिव इन्जिनियर अर्जुनकुमार बमले पुनर्निर्माणको काम आर्थिक वर्ष २०८३/८४ भित्र सक्ने गरी तत्काल अगाडि बढाइने बताए।

Seti Hospital

प्राधिकरणले २०७९ को डोटी भूकम्पमा क्षतिग्रस्त निजी आवास पुनर्निर्माणका लागि माघबाट लाभग्राही छनोट गरी किस्ता निकासा गर्ने भएको छ। डोटी भूकम्पबाट प्रभावित पाँच जिल्लाका ९ हजार ६ सय घर पुनर्निर्माण गर्नुपर्ने गत वर्षको क्षतिको विस्तृत आंकलन (डिडिए)ले देखाए पनि प्राधिकरणले लाभग्राही छुटेका भए पठाउन सम्बन्धित पालिकालाई पत्राचार गरेको छ।

पालिकभर १५० घरसम्म क्षतिग्रस्तका हकमा पालिकामार्फत विस्तृत आंकलन गरिने भएको छ। त्योभन्दा बढी क्षतिका हकमा प्राधिकरणले नै इन्जिनियर पठाउनेछ। भूकम्पबाट क्षतिग्रस्त निजी आवास निर्माणमा केन्द्र सरकारले शतप्रतिशत लगानी गर्नेछ। तर, बाढीपहिरो, आगलागीलगायत विपदबाट क्षतिग्रस्त निजी आवासमा भने केन्द्रले ५०, प्रदेशले ३० र पालिकाले २० प्रतिशत लागत बेहोनुपर्नेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार