डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष लक्ष्मण सिंह भ्रष्टाचार मुद्‍दामा दोषी ठहर

धनगढी : डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष लक्ष्मण सिंह भ्रष्टाचार मुद्‍दामा दोषी ठहर भएका छन्। विशेष अदालतले बिहिवार उनलाई नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ भदौ ३१ गते उनीमाथि मुद्‍दा दर्ता गरेको थियो। उनले अध्यक्ष पदमा मनोनयन गर्दा पेस गरेका शैक्षिक प्रमाणपत्रहरू नक्कली भएको दाबीसहित मुद्‍दा दायर भएकोमा अख्तियारको दाबी पुष्टि भएको हो। सिंहलाई ६ महिना कैद तथा १० हजार जरिबाना तोकिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए।

SHIKHAR COOL TECH

विशेषका सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। उनले इन्टरमिडियट (पिसिएल) र स्नातक तहको नक्कली प्रमाणपत्र पेस गरेको भेटिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार